इटालियन सिरी ए: शीर्ष स्थानको युभेन्ट्सको पहिलो हार

एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले पहिलो हार भोगेको छ । जारी लिगमा अपराजित युभेन्ट्स आइतबार राति भएको खेलमा जिनोआसंग २–० ले पराजित भएको हो । 

पोर्चुगिच स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल खाँदै हार व्यहोरेको हो । रोनाल्डोलाई यस खेलमा आराम दिइएको थियो । जिनोआलाई जित दिलाउन स्टेफानो स्टुरारो र गोरन पानडेभले एक एक गोल गरेका थिए । 

 

null

स्टेफानोले खेलको ७२ औं मिनेटमा गोल गर्दै जिनोआलाई अग्रता दिलाए । त्यसपछि ८१ औं मिनेटमा पानडेभले गोल गर्दै जिनोआलाई २–० को जित दिलाए । जिनोआसंग पराजित भएपनि युभेन्ट्स लिगको शीर्ष स्थानमा यथावत छ । युभेन्ट्सले २८ खेलबाट ७५ अंक जोडेको छ । दोस्रो स्थानको नापोलीको ६० अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *