व्यवसायी आतंकित छन्, सम्मेलन गर्दैमा केही हुनेवाला छैनः महत

सरकारले लगानी सम्मेलनको तयारी गरेको छ । चैत १५ र १६ गते हुने सम्मेलनको तयारी पुरा भएको जानकारी गराउँदै लगानी सम्मेलन मै विभिन्न १२ वटा समझदारीपत्रमा हस्ताक्षर गर्ने जानकारी गराइसकेको छ । 

सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन सम्मेलन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने सरकारको विश्वास छ । सम्मेलनमा ७७ परियोजनालाई ‘शो केश’ मा राखिने र नेपाल लगानीका लागि असाध्यै अनुकूल अवस्थामा छ भन्ने सन्देश दिन लागिएको सरकारको दाबी छ । 

तर, प्रतिपक्षी दल कांग्रेसले भने लगानी सम्मेलन हचुवाको भरमा गर्न लागेको र तयारी नपुगेको भन्दै सरकारको आलोचना गरेको छ । लगानी सम्मेलनका बारेमा नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतसँग हामीले कुराकानी गरेका छौँ । 

null

 

लगानी सम्मेलन गर्नु स्वभाविक नै हो अनौठो कुरा होइन । तर, सम्मेलन मात्रै गरेर लगानी आकर्षण हुने होइन । देशमा शुशासन हुनु पर्यो । लगानीको वातावरण सिर्जना गर्नु पर्यो । प्रशासन यन्त्र बलियो, सक्षम र कुशल हुनु पर्यो । अहिलेको समस्या भनेको यही हो । विगतमा पनि लगानी सम्मेलनहरु भए, लगानीका धेरै प्रतिवद्धताहरु पनि आए । तर, वास्तविक रुपमा परीणत हुन सकेन । विगतमा भएका प्रतिवद्धताहरु किन कार्यान्वयनमा आएनन् । त्यो बारेमा राम्रो अध्ययन विष्लेषण गरेर आउन नसकेका कारणहरु पत्ता लगाएर त्यसलाई संबोधन गर्नेतर्फ सरकारले ध्यान दिनु पर्ने हो । त्यो भए जस्तो मलाई लाग्दैन । 

प्रशासन संयन्त्र कमजोर छ । अत्याधिक राजनीतिकरण भएको छ । धेरै कुशलता छैन । धेरै कार्यालयहरु धाउनुपर्छ, भ्रष्टाचार धेरै छ । समयमा निर्णय लिइन्न । कानुनले दिएका सुविधाहरु पनि समयमा प्राप्त गर्न गाह्रो छ । यी गुनासो लगानीकर्ताहरुको छ । 

हिजो लगानी गरेर आएका यहाँका उद्योगपति व्यवसायीहरु के भन्छन् उनीहरुसँग सोध्नुपर्छ उनीहरुको गुनासो के छ ? कोही सफल भयो भने उसलाई कसरी बदनाम गर्ने भन्ने मात्रै देखिन्छ । फेरि अहिले शान्ति सुरक्षाको अवस्था पनि राम्रो छैन । ठाउँठाउँमा बम बिस्फोट भएको छ । चन्दा असुल्ने काम भएको छ । कतिपय व्यवसायीहरु आतंकित पनि छन् । कतिपयले यहाँबाट छाडिरहेका छन् । भ्रष्टाचारकै कारणले गर्दा इटालियन कम्पनी सिएमसी मेलम्चीबाट फर्कियो । एनसेलमा पनि विवाद छ । यस्ता समस्या सम्बोधन गर्न सरकारले शुसासन कायम गर्नु पर्छ । 

भाषण र प्रचार गरेर मात्रै हुँदैन । मुल कुरा पुर्वाधारमा सुधार गर्नुपर्छ 

मसँग कुनै पनि परामर्श गरेको छैन । जानकारी पनि दिएको छैन । हिजो आएको लगानी त आर्थिक सहायता हो, मानवीय सहायता हो । त्यसकै आधारमा पुनःनिर्माणका कामहरु भइरहेका छन् । अहिले भनेको त लगानीकर्ता हो । लगानीकर्तालाई त चित्त बुझाउन धेरै काम गर्नुपर्छ नि । किनभने उसले आफ्नो लगानीको सुरक्षा खोज्छ । पछि उसले त्यसबाट राम्रो प्रतिफल चाहन्छ । त्यसलाई आस्वस्त पार्ने वातावरण चाहिन्छ । भाषण र प्रचार गरेर मात्रै हुँदैन । मुल कुरा पुर्वाधारमा सुधार गर्नुपर्छ । हाम्रो पुर्वाधार अत्यन्त कमजोर छ । सडकहरुको अवस्था कमजोर छ । 

पश्चिम सेतीबाट लगानीकर्ताहरु फर्किए । तल्लो तामाकोसीबाट नर्वेको कम्पनी फर्कियो । फास्ट ट्रयाकबाट पनि इण्डियन कम्पनी फर्कियो । ठुल्ठुला योजना ल्याएर मात्रै लगानी आउने होइन । पुर्वाधारमा पनि लगानी त चाहिन्छ नै । यो सरकारको जिम्मेवारी हो । सरकार आफैंले गर्नुपर्छ । हाम्रो यत्रो ठूलो व्यापार घाटा छ । त्यसलाई कम गर्न उत्पादनमुखि उद्योगहरुमा जोड दिनुपर्छ । भारत, चीन लगायत अन्य देशको बजारलाई ध्यानमा राखेर औद्योगीक क्षेत्रमा ध्यान दिनुपर्ने हो । त्यस्ता प्रस्तावहरु मैले देखेको छैन । 

मुल कुरो लगानीको वातावरण देशभित्र निर्माण हुनु पर्यो । शुसासन चाहियो, गतिलो प्रशासन चाहियो, रुल अफ ल लाई फलो गर्नुपर्यो । प्रशासन बलियो हुनुपर्छ । राजनीतिक प्रतिवद्धता विकासमुखि हुनुपर्छ । समयमा काम सम्पन्न हुने वातावरण चाहिन्छ । लगानीको वातावरण चाहिन्छ । 

अहिले सबै आतंकित भएको देखिन्छ । जबरजस्ति चन्दा उठाइरहेका छन् । बम पड्काइरहेका छन् । भ्रष्टाचार मौलाइरहेको छ । कानुनले दिएका सुविधाहरु पनि प्राप्त गरिरहेका छैनन् । जलश्रोतलाई हेरौं न विजुली उत्पादन भइसक्छ ट्रान्समिसन लाइन तयार भएको हुँदैन । भ्याटमा दिने भनेको सुविधा पनि पाएका छैनन् । निर्णय गराउनका लागि अनेक झन्झट छन् । सुधार ल्याउनु पर्छ । यस खालका कुराहरुमा पनि ध्यान जानुपर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *