आजबाट युनियन हाइड्रोको साधारण शेयर बिक्री

 

चैत्र १३, काठमाडौँ ।  निजी क्षेत्रको जलविद्युत् कम्पनी युनियन हाइड्रोपावरले आजदेखि रु ३५ करोड ३४ लाख ३४ हजार बराबरको प्राथमिक शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सर्वसाधारण तर्फ निष्कासन गरेकोमध्ये दुई प्रतिशत अर्थात् ७० हजार ६६८ कित्ता कर्मचारीका लागि र बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता सर्वसाधारणका लागि बिक्री शुरु गरेको हो । 

कम्पनीले पहिलो चरणमा यही चैत १७ गतेसम्म शेयर बिक्री गर्नेछ । सो अवधिमा शेयर बिक्री नभएमा कम्पनीले ढिलोमा आगामी वैशाख १२ गतेसम्म बिक्री गर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार ५०० कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीको लगानी फिर्ता हुने अवधि झण्डै ११ वर्ष रहेको छ । कूल तीन मेगावाट क्षमताको सो आयोजनाको प्रतिमेगावाट लागत रु २६ करोड ५० लाख रहेको छ ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *