प्रहरीको होली विशेष सुरक्षा योजनाः जबरजस्ती लोला हाने कारवाही, १०७ ठाउँमा पिकेट ड्यूटी

 

चैत ५, काठमाडौँ । होली पर्वका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । 

भोली खेलिने होलीका लागि प्रहरीले होली सम्बन्धी सामुहिक कार्यक्रम हुने स्थान र सडकमा आजदेखि नै प्रहरी परिचालन गरिसकेको छ । 

null

होलीमा सरकारले सार्वजनिक बिदा दिएपनि कुनै काम विशेषले सडकमा निस्कनेलाई रंग तथा लोला हानेमा नियन्त्रणमा लिएर कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । इच्छा विपरित लोला हान्ने र छतबाट फोहोर पानी फाल्नेलाई नियन्त्रण लिइने प्रहरीको भनाइ छ । 

सडकमा पैदल हिँड्नेहरुका लागि समस्या नपरोस् भन्नका लागि १०७ ठाउँमा पिकेट ड्यूटीमा प्रहरी खटाइएको छ । 

काठमाडौका २० स्थानमा मोवाइल टोली, क्विक रेस्पोन्स टीम, मोटरसाइकल ९२ वटा, २८ स्थानमा पैदल गस्ती, चार स्थामा ट्राइकिङ फोर्स र ११ ठाउँमा रिजर्भ फोर्स तैनाथ गरेर होलीको सुरक्षा गर्नेगरी काठमाडौं प्रहरीले योजना बनाएको छ । 

होली खेलेर बिना हेलमेट मोटरसाइकल चलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारवाहीको दायरामा ल्याइने पनि काठमाडौं प्रहरीले जनाएको छ । कसैले इच्छा विपरित लोला हानेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्न प्रहरीले आग्रह गरेको छ । 

पहाडी जिल्ला र काठमाडौं उपत्यकामा भोली होली पर्व मनाइन्छ भने तराईमा पर्सी ७ गते होली खेलिन्छ । होली पर्वमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *