भुटानको लगातार दोस्रो हार, नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

 

फागुन ३०, विराटनगर । नेपाल विराटनगरमा जारी पाँचौँ साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार भएको समूह चरण अन्तर्गतको दोस्रो खेलमा बंगलादेशले भुटानलाई २–० गोल अन्तरले हराएसँगै नेपाल एक खेल अगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । हार व्यहोरेको भुटान भने समूह चरणबाटै बाहिरिएको छ । 

null

नेपाल महिला साफको सेमिफाइनलमा लगातार पाँचौ पटक प्रवेश गरेको हो । भुटानले भने साफमा अहिलेसम्म एक जित पनि हासिल गर्न सकेको छैन । समुह ए बाट बंगलादेश समेत सेमिफाईनलमा प्रवेश गरेको छ । 

अब शनिबार नेपाल र बंगलादेशबीच हुने खेल समूह विजेताका लागि हुनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *