महिला साफ च्याम्पियनसिप फुटबलः भारत र माल्दिभ्स भिड्दै

२०७५ फागुन २९ गते

फागुन २९, काठमाडौँ । पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको दोस्रो खेलमा आज भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् ।
भारत र माल्दिभ्सबीचको बुधबारको खेल दिउँसो ३ बजे सुरु हुनेछ । दुवै समूह ‘ए’ का प्रतिस्पर्धी हुन् । सन् २०१६ को एसियन गेम्समा भारतले माल्दिभ्ससँग बराबरी खेलेको थियो ।
null
सन् २०१० मा प्रतियोगिता सुरुवात भएदेखि उपाधिमा कब्जा जमाउँदै आएको भारतलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ ।
मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हराएको थियो ।
पछिल्लो पटक २०१४ र २०१६ को साफ च्याम्पियनसिपमा नेपालसँग प्रतिस्पर्धा गरेको भुटान ८९० को गोलअन्तरले पराजित भएको थियो ।

२०७५ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित