आईपीएलमा दिल्लीको दोस्रो खेल आज, सन्दीप टोलीमा पर्लान् ?
२०७५ चैत १२ गते

चैत १२, काठमाडौँ । भारतमा जारी १२ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स् र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ । दुवै टोली जितको खोजीमा हुनेछन् ।
null
दिल्लीले पहिलो खेलमा मुम्बई इण्डियनलाई ३७ रनले पराजित गरेको थियो । पहिलो खेल खेल्न नपाएका सन्दीपको आज पनि टोलीमा पर्ने सम्भावना कम देखिएको छ । उनी दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् ।
महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई निकै बलियो टिम रहेका कारण दिल्लीले सन्दीपको ठाउँमा अनुभवी बलर राख्ने सम्भावना छ ।
२०७५ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








