ओलिभरले ह्याट्रिक गरेपछि चेल्सीको शानदार जित, युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश

एजेन्सी । इंग्लिस क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सीले युक्रेनको डाईनामो किभलाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । 

चेल्सीका लागि ओलिभर जिरुले ह्याट्रिक गरेपछि डाईनामो किभ उसैकै घरेलु मैदानमा ५–० ले पराजित भयो । त्यस्तै, चेल्सीका लागि मार्कस अलन्सो र हड्जन ओडोईले एक एक गोल गरेका थिए । पहिलो लेगको खेलमा ३–० ले विजयी भएको चेल्सी गएरातिको खेलपछि समग्रमा ८–० ले विजयी भयो । 

 

null

युरोपा लिगअन्तर्गत गएराति भएको अर्को खेलमा फ्रान्सको रेनेजलाई ३–० ले हराउँदै इंग्ल्यान्डको आर्सनल पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगको खेल ३–१ ले हारेको आर्सनलले गएरातिको जितपछि समग्रमा ४–३ ले खेल आफ्नो पक्षमा पारेको हो । 

 

गएराति भएका अन्य खेलमा विजयी हुँदै स्पेनको भ्यालेन्सिया र भियारियाल, ईटालीको नापोली, जर्मनीको आईन्त्राच फ्र्यांकफर्ट, पोर्चुगलको बेनिफिका र चेक गणतन्त्रको स्लाभिया प्राग पनि क्वाटरफाइनलमा पुगेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *