महिला साफ च्याम्पियनसिपः भारतद्वारा माल्दिभ्स ६–० ले पराजित 

 

फागुन २९, काठमाडौँ । विराटनगरमा जारी पाँचौँ महिला साफ च्याम्पियनसिपमा भारतले जित हात पारेको छ । 

विराटनगरको शहीद रंगशालामा बुधबार भएको खेलमा माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्दै भारतले जित हात पारेको हो । 

null

भारतका लागि सञ्जुले २ गोल गरेकी थिइन् भने, ग्रेस डाङमी, सन्धिया रङ्गनाथ, ईन्दुमती काथिरसेन र रतनबाला देवीले समान १–१ गोल गरे । 

जितसँगै भारतले समूह बीमा ३ अंक जोडेको छ । भारतले आगामी आईतबार श्रीलंकासँग खेल्नेछ । 

सन् २०१६ को एसियन गेम्समा भारतले माल्दिभ्ससँग बराबरी खेलेको थियो । 

सन् २०१० मा प्रतियोगिता सुरुवात भएदेखि उपाधिमा कब्जा जमाउँदै आएको भारतलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *