ताकेश्वरका दुई कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण भएको पुष्टि

काठमाडौं, ४ चैत । काठमाडौंको ताकेश्वरका दुई कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लुको संक्रमण भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भेटिएको हो । 

नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको जानकारी दिए । उनका अनुसार, गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको संक्रमण देखिएको थियो । 

 

null

बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *