ओपोको पहिलो ५ जी स्मार्टफोनलाई ५ जी सीई सर्टिफिकेट प्रदान

 

चैत्र ७, काठमाडौं । ओपोकोे पहिलो फाइभजी स्मार्टफोन, स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित फाइभजी सीई परिक्षणमा सफलता पूर्वक उर्तिण भएको कम्पनीले घोषणा गरेको छ । यस सँगै कम्पनीको पहिलो फाइभजी स्मार्टफोनलाई सीटीसी एडभान्स्ड जीएमबीएचद्वारा फाइभजी सीई सर्टिफिकेट प्रदान गरिएको छ । स्पोर्टन ईन्टरनेसनल ईंक एक वैश्विक निरिक्षण सेवा प्राधिकरण हो । 

एमडब्ल्यूसी २०१९मा प्रदर्शित ओपोको फाइभजी स्मार्टफोन, सीटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र मल्टि ईएन–डीसी कम्बिनेसन फाइभजी स्मार्टफोन पनि हो । यस फोनले विभिन्न देश तथा क्षेत्रमा लागु गर्न सकिने अधिक ब्याण्ड कम्बिनेशन र बृहत्त बयाण्डविथ जस्ता एन ७८ ब्याण्डका फाइदाहरु पनि प्रदान गर्छ ।  

null

यो प्रमाणिकरणलाई यूरोपमा फाइभजी स्मार्टफोनको ब्यवसायिक लन्चका लागि एक महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । ओपोको सीई प्रमाणिकरणले ओपोका फाइभजी उपकरण यूरोपियन बजार प्रवेशका लागि आवश्यक वायरलेस, ईलेक्ट्रोम्याग्नेटिक अनुकुलता, स्वास्थ्य र सुरक्षा लगायत आवश्यक ईयू मापदण्डमा सफल रहेको प्रमाण दिएको छ । 

 

‘यो प्रमाणिकरण फाइभजी विकासमा ओपोका लागिएक महत्वपूर्ण कोशेढुङ हो । निरन्तर प्राविधिक नवप्रबर्तनका साथ हामी उत्साहपूर्वक फाइभजी स्मार्टफोनको व्यवसायिकरणका लागि बृहतरुपमा तयारी गरिरहेका छौँ ।’ ओपोका ग्लोबल भाइस प्रेसिडेण्ट तथा हेड अफ विजनेस ओभरसिज मार्केट, एलेन वुले भने ,‘ उपभोक्तालाई फाइभजीसँग थप नजिक ल्याउनका लागि स्पोर्टन जस्ता बलिया साझेदारहरु सँग लगातार सहकार्यका लागि हामी सदैव उत्साहित छौँ ।’ 

‘कडा परिक्षणहरुमा ओपोको फाइभजी स्मार्टफोनको अद्वितिय प्रदर्शनी देखि हामी निकै खुशी छौँ । परिक्षणको नतिजा ओपोको प्राविधिक क्षमताको सटिक प्रमाण हो । साथै प्रयोगकर्ता तथा उद्योगकै लागि पनि खुशीको खबर हो ।’, स्पोर्टन ईन्टरनेशनल ईंकका चिफ अफ अपरेसन एण्ड ईञ्जिनियरिङ ईभानशीले भने, ‘तार रहित सञ्चारमा हाम्रो समृद्ध अनुभव मार्फत स्पोर्टनले आपोसँग फाइभजी कनेक्टिभिटीको उत्थानका लागि सहकार्यलाई निरन्तर्ता दिनेछ ।’ 

फाइभजी प्रविधिको एक अधिवक्ता तथा अग्रगामीका रुपमा ओपोले कनेक्टिभिटीको आउँने पुस्तालाई मानक अनुसन्धान, सफ्टवेयर तथा हार्डवेयर विकास, गहिरो उपभोक्ता अन्तरदृष्टि र औद्योगिक साझेदारहरुको बलियो परिस्थितिकीतंत्र मार्फत नयाँ आयाम दिइरहेको छ । 

कम्पनीले आफ्ना केही अपरेटर पार्टनरकासाथमा वेसिक रुपमा फाइभजी उत्पादन तथा सेवाको व्यवसायिकरणका लागि भरखरै आफ्नो ‘फाइभजी ल्याण्डिङ प्रोजेक्ट’ सार्वजनिक गरेको छ । सन् २०१९को पहिलो ६ महिनाभित्रै आफ्नो पहिलो फाइभजी स्मार्टफोन बजारमा ल्याउने ओपोको योजना रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *