निर्मला हत्या प्रकरणः डिल्लीराज विष्ट अदालतमा हाजिर

 

चैत ५, काठमाडौँ । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्ट अदालतमा हाजिर भएका छन् । 

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्तीमा परेका एसपी विष्ट मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् । बिष्टको बयान लिने तयारी भएको छ। 

null

यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । अंगुर जीसी भने अदालतमा हाजिर भएका छैनन् । 

गत फागुन २३ गते प्रहरीले केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई पक्राउ गरेकोे थियो भने बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको थियो । पक्राउ परेका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *