यस्ता छन् आजका विभिन्न पत्रपत्रिकामा छापिएका समााचार

काठमाडौं, २४ फागुन । महिलासँग सम्बन्धित विषय आजका सबैजसो दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर पत्रपत्रिकाहरुले महिला अधिकारका विविध पाटा–पक्ष केलाएका छन् । त्यस्तै पानीजहाज सम्भाव्यता अध्ययन टोलीको निष्कर्ष, सरकारको काम–कारबाहीलगायत विषयलाई पनि पत्रिकाहरुले समेटेका छन् ।
कान्तिपुरले ‘वर्षभरि महिला आन्दोलित’ शीर्षक दिएर बितेका १ वर्षमा भएका महिला आन्दोलनबारे चर्चा गरेको छ । विचार पृष्ठ र सम्पादकीयमा पनि कान्तिपुरले महिलाकै विषय समेटेको छ । ‘नारी समानताका लागि बलिया नीति र नारा’ शीर्षक सम्पादकीयमा कान्तिपुरले महिला आन्दोलनका अहिलेसम्मका इतिहास केलाउँदै स्वभाविक हकका लागि अर्को नागरिक आन्दोलनको खाँचो औंल्याएको छ ।
null
इँटाभट्टामा कार्यरत महिलाका कथा छापेको अन्नपूर्णले निर्वाचन आयुक्त इला शर्मा र राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठसँगको संवाद छापेको छ । नागरिकले सहभागिताले महिला सशक्तीकरण बढाएको निष्कर्ष निकालेको छ ।
संघीय संसद्को प्रतिनिधिसभाको बैठकले कम्पनीमार्फत सिन्डिकेटधारी यातायात व्यवसायीलाई नै फाइदा पुग्ने गरी कम्पनी ऐन २०६३ संशोधन गर्ने विधेयक पारित गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको संशोधन विधेयकमा कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनीमा दर्ता हुने प्राइभेट कम्पनीको सेयर संख्या १ सय १ जनाबाट बढाएर असीमित हुने व्यवस्था गरेसँगै यातायात क्षेत्रका संगठित कम्पनीले फेरि शक्तिशाली सिन्डकेट ब्युँताउने सम्भावना बढेको आशंका नागरिकले गरेको छ ।
जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएको छ । नयाँ पत्रिकाका अनुसार नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रुपमा नारायणी र कोसी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरु तत्काल पानीजहाज आउन कठिन रहेको निष्कर्षमा पुगेका छन् । खासगरी कोसी र गण्डकी ब्यारेजभन्दा मुनि पानीको सतहक न्यून भएकाले नेपालभित्र तत्काल पानीजहाज सञ्चालन सम्भव नुहने निष्कर्ष विज्ञहरुको छ ।








