देशभर विप्लवको पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गर्न सर्कुलर

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपा माथि प्रतिवन्ध लगाएसंँगै सो पार्टी स्वतः अपराधिक समूहमा परिणत भएको भन्दै प्रहरीले कारबाही अगाडि बढाएको छ । 

नेपाल प्रहरीले विप्लव समूहलाई ‘अपराधी’ को संज्ञा दिई बुधबारबाट त्यस समूहका हरेक गतिविधिमाथि सूक्ष्म सुरक्षा निगरानी राख्नका साथै आवरुद्ध सदस्य तथा सहयोगीहरूलाई पक्राउका लागि देशभर सर्कुलर जारी गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ । 

 

null

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विप्लव समूहका नेता तथा कार्यकर्ताहरुको पक्राउका लागि मुलुकभरका प्रहरी कार्यालयमा सर्कुलर जारी गरिएको जानकारी दिए । 

विप्लव समूहका गतिविधिमाथि सूक्ष्म निगरानी राख्न प्रहरी जनशक्ति परिचालनका साथै प्रत्येक प्रहरी युनिट तथा कार्यालयहरूलाई उच्चसुरक्षा सतर्कता अपनाउन समेत निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =