ब्रेकिङः प्रहरी र विप्लव सेना विच दोहोरो भिड्न्त

चैत्र ५, काठमाडौं । प्रहरी र विप्लव सेना विच दोहोरो भिड्न्त भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो । घटनाको वारेमा विस्तृत जानकारी आउन बाँकी रहेको छ । ‘उनीहरुले गोली चलाएपछि दोहोरो फायरिङ भएको भन्ने कुरा आएको छ । विस्तृत विवरण आइसकेको छैन ।’ स्रोत भन्दछ । महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गरेका छन् । 

यसअघि २८ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । नेपाल प्रहरीले समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *