साफ च्याम्पियनसिपमा श्रीलंकामाथि भारतको गोलको वर्षा

 

चैत ३, विराटनगर । विराटनगरको शहीद रंगशालामा जारी पाँचौ साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता अन्र्तगत श्रीलंका विरुद्धको खेलमा भारतले शानदार जित निकालेको छ । श्रीलंकालाई ५–० ले पराजित गर्दे भारत समूह बी को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

सेमिफाइनलमा अब भारतले बगलादेशसँग खेल्नेछ । पहिलो हाफ सकिँदा भारतले श्रीलंकाविरुद्ध ४–० को अग्रता लिएको थियो भने दोस्रो हाफको सूरुवातमै भारतले अर्को गोल थप गरेको थियो । 

null

भारतका लागि ड्याग्मी ग्रेस, सन्ध्या रंगनाथ, इन्दुमथी काथिरेसान र संगिता बास्फोरेले एक–एक गोल गरेकी छन । यस्तै दोस्रो हाफको सुरुवातमा भारतकी रतनबाला देवी नोंगमाइथेनले अर्को गोल गरिन् । 

खेलमा श्रीलंकालाई भारतले निरन्तर दबाबमा राखेको थियो । भारतीय गोलकिपरसामु श्रीलंकाले गोल प्रहार गर्न सकेनन् । समूहको पहिलो खेलमा दुवै टोलीले माल्दिभ्सविरुद्व सहज नतिजा निकालेका थिए । भारतले माल्दिभ्सलाई ६–० ले हराएको थियो । 

श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो । समूह बीको उपविजेता बनेको श्रीलंकाले अब सेमिफाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेलमा पराजित माल्दिभ्स र भुटान प्रतियोगिताबाट बाहिरिसकेका छन । सेमिफाइनलको पहिलो खेल बुधबार बिहान ११ बजे र दोस्रो खेल सोही दिन ३ बजे हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *