वर्ल्डलिङ्ककाे १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा

फागुन २७, काठमाडौँ ।  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । 

कम्पनीको सामाजिक उत्तरदायित्व अनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराए ।  वर्ल्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ । 

सेवाग्राहीले एकपटकमा ‘लगइन’ गरेपछि करीब एक घण्टा ३० मिनेट निःशुल्करूपमा इन्टरनेट चलाउन सक्नेछन् । कम्पनीले पर्यटकीय क्षेत्र, बजारका मुख्यमुख्य स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको छ । यसैगरी अधिकांश स्थानीय तहमा इन्टरनेट पुर्याएको  वर्ल्डलिङ्कले सन् २०२२ सम्म सबै स्थानीय तहमा इन्टरनेट सेवा पुर्याउने प्रमुख कार्यकारी निर्देशक नेपालले जानकारी गराए। 

null

इन्टरनेट विस्तार गर्ने क्रममा   वर्ल्डलिङ्कले चार महीनामा करीब एक लाख जनालाई सेवा सुविधा विस्तार गर्ने तयारी रहेको समेत उनले जानकारी गराए। विसं २०५२ मा स्थापना भएको मुलुककै पुरानो इन्टरनेट सेवाप्रदायक कम्पनी  वर्ल्डलिङ्कका अहिले दुई लाख ८० हजार सेवाग्राही रहेका छन् । तीन वर्षअघिसम्म कम्पनीका ३५ हजार मात्र सेवाग्राही रहेका थिए । प्रमुख कार्यकारी निर्देशक नेपालले दुर्गम क्षेत्रमा पनि इन्टरनेट पुर्याउन क्षमतासमेत विस्तार गरिएको जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *