साउदीको जेलमा तीन सुत्केरी नेपाली महिला, बाबुको छैन अत्तोपत्तो

काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ । 

माघ १५ गते सेल्टरमै सुत्केरी भएपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर ९जेल० पठाएको छ । एकमहिने शिशुलाई सेल्टरमा राख्न नसकिने भएकाले प्रहरीको सहयोगमा सेन्टर पठाएको राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिए । 

बच्चाको बाबु पहिचान नभएकाले उनीहरू तत्काल स्वदेश फर्कन पाउने स्थिति छैन । ‘आमालाई पठाउन समस्या छैन, शिशुलाई पठाउन समस्या हो,’ राजपुतले भने, ‘बाबुको पहिचान भएको छैन । यस्तो अवस्थामा कसरी ट्राभल डकुमेन्ट जारी गर्ने भनेर हामी अलमलमा परेका छौं ।’ 

null

साउदी जेलमा तीन सुत्केरी महिला शिशुसहित बसेका छन् । उनीहरू सबै जना घरेलु कामदार हुन् । कुवेतबाट साउदी ल्याइएका ती महिलाका शिशुको बाबुको पहिचान खुलेको छैन । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =