महोत्तरीमा सवारी दुर्घटना: १ को मृत्यु, एक जना गम्भीर घाइते

काठमाडौं, ४ चैत्र । गएराति पूर्व–पश्चिम् राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–५ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् । 

ज १२ प १६४९ नम्बरको मोटरसाइकल उखु लोड गरिएको ज १ त ४७३३ नम्बरको ट्याक्टरमा ठोक्किएर भएको दुर्घटनामा मिथिला नगरपालिका–१०, धनुषाका मोटरसाइकल चालक २६ वर्षीय मनोज भट्टराईको मृत्यु भएको हो । 

 

null

मृतक भट्टराई सर्लाहीको लालबन्दीका मोबाइल पसल सञ्चालक रहेको प्रहरीले जनाएको छ । त्यस्तै, लालबन्दी नगरपालिका–९ का सञ्जय खतिवडा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि गएराति नै काठमाडौं पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिहले जानकारी दिए । 

प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *