यस्ता छन् आजका पत्रपत्रिकामा मुख्य समाचार

काठमाडौं, १३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दायर गरेको विषय आजका सबै दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । अख्तियारले मंगलबार आफ्नै आयुक्तविरुद्ध पहिलोपटक यसरी मुद्दा दायर गरेको हो । यसबाहेक पूर्वाधार निर्माण अनियमितता, लगानी सम्मेलनसँग सम्बन्धित सामग्रीलाई पनि पत्रिकाहरूले समेटेका छन् ।
null
कान्तिपुरले पूर्वआयुक्तविरुद्ध अख्तियारले दायर गरेको मद्दादेखि विप्लवका कार्यकर्ता पक्राउसम्मका खबर पहिलो पृष्ठमा कभरेज गरेको छ ।
अन्नपूर्णको भित्री पृष्ठमा ठेकेदार सांसद्ले बनाएको पुल हुरीले भत्काएको खबर छ । नुवाकोट र धादिङ जोड्न त्रिशूली नदीको केउरेनीमा निर्माणाधीन पुल हुरीका कारण भत्किएको हो । पुलका ठेकेदारबारे अन्नपूर्णले केही नबताए पनि नयाँ पत्रिका दैनिकले बहालवाला सांसद् बहादुरसिंह लामाले उक्त पुलको ठेक्का लिएको उल्लेख गरेको छ ।
राजधानी दैनिकले गृहजिल्लामा बढी बजेट पार्न शीर्ष नेताले दबाव दिएको लेखेको छ ।








