कति चुरोट बराबर एक बोतल मदिरा ? कुन बढी खतरनाक ?

 

चैत १५, काठमाडौँ । जाँड, रक्सी, चुरोटलले रोग निम्त्याउँछ । आयु घटाउँछ । यो त सबैलाई थाहा छ । तर कुनको असर कति पर्छ त ? यो कमैलाई मात्र थाहा हुन सक्छ । 

एक ब्रिटिस अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार ७५० मिलिलिटिर मदिराको असर र एक हप्तामा महिलाले लिने १० र पुरुषले लिने ५ चुरोटको जति नै हुन्छ ।ब्रिटेनका अनुसन्धानकर्ता भन्छन्, ‘यो कम पिउने मानिसको स्वास्थ्यप्रति जागरुक गर्ने उत्कृष्ट तरिका हो ।’ 

null

यद्यपी विशेषज्ञहरु भन्छन्, ‘मदिराको तुलनामा चुरोट (सिगरेट) पिउनु ज्यादा खतरनाक सावित हुन सक्छ । र उनीहरुमा क्यान्सरको खतरा बढ्न सक्छ ।’ उक्त जोखिम कम गर्ने एकमात्र उपाय भनेको चुरोट पिउन छोड्नु हो । 

अनुसन्धानमा यो पनि भनिएको छ कि, जब स्वास्थ्य खतरामा हुन्छ, तब पिउने कुनै सुरक्षित मात्रा हुँदैन । अनुसन्धानका अनुसार कम पिउने मानिस पनि क्यान्सरको खतराबाट बाहिर हुँदैन । 

 

बीएमसी पब्लिक हेल्थको लेखमा भनिएको छ, ‘यदि चुरोट पिउने एक हजार पुरुष र एक हजार महिला हप्तामा एक बोतल मदिरा पिउँछन् त लगभग १० भन्दा बढी पुरुष र १४ जना भन्दा बढी महिलालाई क्यान्सरको खतरा बढी देखिन्छ ।’ मदिराले महिलामा छातीको क्यान्सर र पुरुषमा पेट र लिभरको क्यान्सरको खतरा बढाउँछ । 

द इन्सिच्युट अफ क्यान्सर रिसर्चका वैज्ञानिक डा. शोमकर भन्छन्, ‘मदिरा र चुरोटको प्रभाव रोक्न मुश्किल छ । तर उमेर, परिवारको जीवनशैली, खानपान पनि क्यान्सरको कारण हुन सक्छ । मलाई लाग्छ कि मानिसहरु खतराको तुलना गरेर चुरोट र मदिरा चयन गर्छन् ।’ 

नाटिङ्गम यूनिभर्सिटीका प्रोफेसर भन्छन्, ‘यो अध्ययनले मदिराको तुलनामा चुरोट पिउनु क्यान्सरका लागि खतरनाक देखाउँछ । अन्य बिमारीको कुरा गर्ने हो भने चुरोट मदिरा भन्दा कयौँ गुणा खतरनाक छ ।’ 

प्रोफेर ब्रिटन भन्छन्, मदिरा पिउने मानिसहरुले सल्लाह अनुसार १४ यूनिटभन्दा माथि पिउनु हुँदैन । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *