आठौं अन्तर्राष्ट्रिय व्यापार मेला: उपभोक्ताले रुचाए नेपाली उत्पादन (फोटोफिचर)

 

चैत्र १५, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘आठौं अन्तराष्ट्रिय ब्यापार मेला’ मा स्वदेशी उत्पादन प्रति उपभोक्ताको रुचि देखिएको छ । हिजोबाट सुरु भएको अन्तराष्ट्रिय ब्यापार मेलामा भारत, बंगलादेश, चीन, थाइलेण्ड लगायत देशको समेत सहभागिता रहेकोमा नेपाली उपभोक्ताहरुले नेपाली घरेलु उद्योगबाट उत्पादीत वस्तु रुचाएका छन् । 

उद्योग वाणिज्य महासंघको आयोजनामा भएको मेलामा नेपााली हस्तकलाका सामग्री र घरेलु उत्पादनहरुको विक्रि बढेको छ । स्टलमा राखिएका धरायसी खाद्य सामग्री शुद्ध तोरीको तेल, आलसको तेल, मह, जुम्लाका उत्पादन र सजावटका सामग्रीको विक्रि भएको छ । 

null

 

मेलामा उपभोक्ताले नेपाली उत्पादनसँगै बंगलादेशी रडिमेड कपडा र भारतीय कपडा मनपराएका छन् । ‘नेपाली घरेलु वस्तुहरु आकर्षक लागे, भीरमौरीको मह, आलसको तेल, मार्सी चामल र जुम्लाको स्याउन मन पर्यो ।’ नयाँ बानेश्वरकी ममता अधिकारीले भनिन्– लत्ता कपडाहरुपनि राम्रा रहेछन् ।’ 

जोरपाटी नयाँवस्तीका गगन परियार पनि मेलामा राखिएका स्वदेशी उत्पादन प्रति आकर्षित भए । ‘हामी नेपाली भएपनि स्वदेशमै उत्पादन गरिएका कतिपय वस्तुहरु प्रति अनभिज्ञ रहेछौं । मैले पहिलो पल्ट आलसको तेल देखें ।’ उनले भने । घरेलु उत्पादनलाई राज्यले प्रोत्साहन गरेको खण्डमा देशमै रोजगारीका अवसर सृजना हुने उनको तर्क छ । ‘हाम्रा युवाहरु विदेशको मरुभूमिमा बालुवा चाल्न मरिहत्ते गरेर जान्छन्, यहाँ स्वदेशमा सुन फल्ने माटो खेलाउँन लाज मान्छन् । ती युवाहरुलाई स्वदेशमै केहि गर्ने योजना सरकारले दिए मुलुक समृद्ध हुन समय लाग्दैन ।’ भक्तपुर चाँगुनारायण नगरपालिकाका अमित अधिकारीले भने । 

 

मेलामा सहभागी हुन आएका स्वदेशी घरेलु उत्पादक पनि उपभोक्ताको भिड देखेर उत्साहित छन् । ‘विस्तारै नेपालीमा स्वदेशी वस्तुको प्रयोग गर्नुपर्छ भन्ने सोचको विकास भएछ, यसपटक धेरै अवलोकन कर्ताले स्वदेशी उत्पादन मनपराउनु भयो ।’ कलकल ग्रुप प्रा.लि.की रगीता बस्नेतले बताइन् । उनले आफ्ना उत्पादनहरु उपभोक्तालाई बुझाउन मेला फलदायी भएको प्रतिकृया दिइन् । 

‘नेपाली वस्तु प्रर्वद्धन, संमृद्ध नेपाल निर्माण’ भन्ने नाराका साथ चलिरहेको मेलामा घरायसी किचनका सामग्री, खाद्य सामग्री, गलैचा, अल्लोबाट बनेका कपडा, रेडिमेड कपडा, पहाडी क्षेत्रमा पाइने अर्गानिक खाद्यान्न, सौर्य उर्जा, काष्टकलाका सामग्री प्रर्दशन तथा विक्रिका लागि राखिएका छन् । मेला १६ गते सोमबार सम्म चल्नेछ । 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *