आइपिएल: रसेल चम्कीएपछि पन्जाबमाथि कोलकाताको सहज जित

एजेन्सी । इन्डियन प्रिमियर लिग आइपिएलमा किंग्स इलेभेन पन्जाबमाथि कोलकता नाइट राइडर्स केकेआरले सहज जित हासिल गरेको छ । उसले पन्जाबमाथि २८ रनको सहज जित निकालेको हो । 

केकेआरको घरेलु मैदानमा भएको खेलमा टस हारेको केकेआरले पहिलो ब्याटिङ गरेको थियो । आक्रमक सुरुवात गरेको केकेआरले पन्जाबसामु २१९ रनको चुनौति राखेको थियो । तर, पन्जाबले निर्धारित २० ओभरमा १९० रन मात्र जोड्न सक्यो । 

 

null

केकेआरका लागि नीतिश राणाले ६३, रबिन उथप्पाले ६७ नट आउट, आन्द्र रसेलले १७ बलमा ४८ रनको योगदान दिएका थिए । १७ बलको छोटो पारीमा रसेलले ३ चौका र ५ छक्का प्रहार गरेका थिए । 

रसेलले बलिङमा पनि २१ रन दिएर २ विकेट लिए । पन्जाबमाथि सहज जित निकाल्न केकेआरका लागि यो खेलमा रसेल महत्वपूर्ण सावित भए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *