महिला रेस्लिङमा भगवती च्याम्पियन, पुरुषतर्फ प्रिन्सले मारे बाजी (भिडीयो सहित)

काठमाडौं । होलिको अवसरमा राजधानीमा भएको रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती खड्का युनिका विजेता भएकी छन् । प्रतिस्पर्धामा भगवतीसहित आकृति पुन, लक्ष्मी घर्तीमगर, लीला उप्रेती, सबिना उप्रेती, गीता जिरेल र जमुना तामाङले प्रतिस्पर्धा गरेका थिए । 

फागु पूर्णिमाको अवसरमा नेपाल महिला रेस्लिङ फाउन्डेसनले भृकुटीमण्डपमा आयोजना गरेको रेस्लिङअन्तर्गत महिला ट्रिपल थ्रेट स्पर्धामा भगवती नै च्याम्पियन बन्न सफल भईन । आकृति र सबिनाले पनि यो स्पर्धामा भाग लिएका थिए । महिला वान भर्सेज वानमा जमुनाले गीतालाई पराजित गरिन । 

महिलाकै अर्को वान भर्सेज वानमा लक्ष्मी घर्तीमगरले लीलालाई हराइन् । भारतीय र नेपाली रेस्लरबीचको पुरुष वान भर्सेज वानमा भारतका प्रिन्स आदवंशीले नेपालका बाबु शाहेबलाई हराए । विजेतालाई नायक राजेश हमालले पुरस्कार वितरण गरेका थिए । 

null

रेस्लिङ महाभिडन्तको पुरा खेल हेर्नुहोस्; 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *