यस्ता छन् आजका पत्रपत्रिकामा मुख्य समाचार

काठमाडौं, ३ चैत । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा राजनीतिक विषय नै परेको छ । पत्रपत्रिकाहरुले दलभित्रको विवाददेखि मन्त्रीमण्डल हेरफेरसम्मका विषयलाई विविध शीर्षकमा उतारेका छन् । त्यस्तै, बेथिति र अनियमिततासँग सम्बन्धित सामग्रीलाई पनि पत्रपत्रिकाहरुले समेटेका छन् । 

 

कान्तिपुरका अनुसार, नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधि नियन्त्रण गर्न भन्दै रोल्पामा केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मी खटाइएको छ । रोल्पा तत्कालीन माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिन्छ । कुनै बेला यो माओवादीको आधार क्षेत्र थियो । यही रोल्पामा फेरि सुरक्षा निगरानी बढाइएको छ । सुरक्षा निकायका अनुसार, हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने । 

null

 

नागरिकका अनुसार भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ ।राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी बगिरहेको एक सय ८८ रोपनी जग्गाको मुआब्जा दिन सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको हो । यही समितिमार्फत बागमती विकास आयोजना सञ्चालित छ । 

 

नेपाल समाचारपत्रले मन्त्रीहरुको कामप्रति असन्तुष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरको तयारी गरेको लेखेको छ । मन्त्री परिवर्ततका लागि पार्टी अध्यक्षसमेत रहेका प्रचण्डसँग प्रधानमन्त्रीले छलफल गरेको र उनले सबै मन्त्री बदल्न प्रचण्डलाई सुझाव दिएको समाचारपत्रको दाबी छ । बालुवाटार स्रोतको हवाला दिँदै समाचारपत्रले लेखेको छ– फेरिने मन्त्री र नयाँ मन्त्रीको लिस्ट प्रधानमन्त्री ओलीले तयार गरिसकेका छन् । मन्त्री फेरिने छलफलसँगै ओली र प्रचण्ड निवासमा मन्त्रीहरुले पद जोगाउन दौडधुप सुरु भएको छ । 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *