महिला साफ च्याम्पियन्सीप फुटवलः नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा

 

चैत्र २, विराटनगर । विराटनगरमा जारी महिला साफ च्याम्पियन्सीप फुटवलको समूह चरणको अन्तिम खेलमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा बंगलादेशविरुद्ध ३–० को जित हासिल गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।  

नेपालसँग पराजित बंगलादेश पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा भारत र श्रीलंकाबीचको उपविजेतासँग खेल्नेछ । भारत र श्रीलंकाबीचको खेल आइतबार हुनेछ ।  

null

प्रतियोगितामा नेपालले तीन गोल नै पहिलो हाफमा गरेको छ ।  

नेपालका लागि सावित्रा भण्डारी र मन्जरी कुमारी योन्जनले एक एक गोल गरे भने एक गोल नेपालले आत्माघाती उपहार पायो । खेलको छैटौं मिनेटमा आत्मघाति गोलको मद्दतमा अग्रता लिएको नेपालका लागि दोश्रो गोल भण्डारी र तेश्रो गोल योन्जनले गरिन् । 

समूह ए मा रहेका दुवै टोलीले यसअघिको खेलमा भुटानलाई पराजित गर्दै समान ३ अंक जोडेका थिए । दुवै खेलमा पराजित भुटान भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।  

 

बंगलादेशबाट सुरु भएको साफको पाचौं संस्करणसम्म आइपुग्दा बंगलादेश र नेपालबीच दुइ पटक भीडन्त भएको छ । जसमा नेपालले बंगलादेशलाई दुवै पटक पराजित गरेको छ । नेपाल साफको तीन पटकको उपविजेता हो । 

फिफा महिला वरियताको १ सय २५ औं स्थानमा रहेको बंगलादेशले साफमा कुल १६ वटा खेलमा सहभागिता जनाएको छ । जसमा ८ जित, १ बराबरी र ७ हार रहेको छ । त्यसैगरि, नेपाली टोलीले कुल २० खेलमा १६ मा जित र ४ मा हार ब्यहोरेको इतिहास छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *