सहिद स्मारक जनस्वास्थ्य सहकारीको १२ औं वार्षिक साधारण सभा सम्पन्न

 

चैत्र २, काठमाडौं । उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सहकारीको ठूलो योगदान रहेको चर्चा गर्दै स्वास्थ्य सहकारी सञ्चालनमा देखिएका कठिनाई हटाउन आफुले सहयोग गर्ने बताएका छन् । 

सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सहकारीले पुर्याएको योगदानको चर्चा गरेका हुन् ।  

null

कलंकी चोक स्थित सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था को १२ औं वार्षिक साधारण सभामा प्रदेश नं.का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र प्रतिनिधी सभा सदस्य कृष्ण गोपाल श्रेष्ठले समेत शुभकामना दिएका थिए । 

संस्थाका अध्यक्ष सांसद सोमनाथ अधिकारीको अध्यक्षतामा बसेको उक्त सभामा सांसद प्रा.डा. गणेशमान गुरुङ्गले स्वागत मन्तब्य राखेका थिए । आजै सम्पन्न १२ औं साधारण सभाले विभिन्न प्रतिवेदनहरु पारित गर्दै सोमनाथ अधिकारी “प्यासी”को अध्यक्षतामा उपाध्यक्षमा रश्मी खड्का, सचिवमा वरिष्ट अधिवक्ता ओम प्रसाद थपलिया, कोषाध्यक्षमा जगन्नाथ सुवेदी सहसचिवमा टुकनारायण अर्याललाई चयन गरेको छ ।  

सञ्चालक समितिको सदस्यहरु प्रा.डा. गणेशमान गुरुङ्ग, दिपक बस्नेत, टहल बहादुर खड्का, हिक्मत कार्की, दिपेन्द्र के.सी., सीता रिजाल, राजेन्द्र पौड्याल, कुवेर खड्का, डा. जितेन्द्र श्रेष्ठ, क्या.गणेश बहादुर गुरुङ्ग निर्विरोध चयन भएका छन् ।  

यसै गरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजक भगवानराज घले, सदस्यहरु खड्का बहादुर थापा र शिव प्रसाद अधिकारी चुनिएका छन् । त्यसै गरी केन्द्रिय प्रतिनिधि शोभा सापकोटा र जिल्ला प्रतिनिधी चन्द्र न्यौपाने निर्वीरोध निर्वाचित भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *