डेढ करोड सेवाग्राही सहित स्प्यारो एसएमएस दशौँ वर्षमा प्रवेश

 

चैत्र १०, काठमाडौं । मोबाईल मेसेजिङ सेवामार्फत मानिस माझ सूचना प्रवाह गर्दै आएको कम्पनी स्प्यारो एसएमएस आज देखि नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले डेढ करोड बढी प्रयोगकर्तालाई एसएमएस सेवा प्रदान गर्न सफल भएको छ । हाल १८०० भन्दा बढी संस्था तथा कम्पनीहरुले स्प्यारो एसएमएसको बल्क एसएमएस (एकै पटक धेरैलाई एसएमएस पठाउने) सुविधा लिएर सेवा प्रदान गरिरहेका छन् । 

जानकि टेक्नोलोजी प्रा. लि. ले यसरी एकै पटक धेरैलाई मोबाइल सन्देश पठाउने सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २०१० मा स्प्यारो एसएमएस सेवाको सुरुवात गरेको थियो । अझै पनि इमेल र इन्टरनेटको पहुँच सहज नभएको हाम्रो मुलुकमा एसएमएस सेवा सन्देश प्रवाह गर्ने एउटा सहज माध्यम बनेको छ । कुनै पनि सूचनालाई भिन्दाभिन्दै जानकारी गराउन धेरै समय लाग्ने अवस्थाबाट पनि बल्क एसएमएस सेवाले सहजता प्रदान गर्छ । यसबाट सजिलैसँग थोरै समयमा धेरैलाई जानकारी पुर्याउन सकिन्छ । 

null

स्प्यारो एसएमएसले नेपालका विभिन्न सरकारी संस्थाहरू, स्थानीय सरकारहरू, बैंक र वित्तीय संस्थाहरू, विद्यालय तथा कलेजहरुका साथै विभिन्न प्रसिद्ध ब्रान्डहरूलाई एसएमएस सेवा प्रदान गर्दै आएको छ ।  

साथै, स्प्यारो एसएमएसले मोवाइलमा सन्देश पठाएर तरकारीको होलसेल र रिटेल मूल्य, वैदेशिक रोजगारीमा आफ्नो अनुमतिपत्र बारे सूचना, विभिन्न परीक्षाको रिजल्ट लगायतका जानकारी उपलब्ध गराउँदै आएको छ । 

२०७२ वैसाखमा गएको विनासकारी भुकम्प र अन्य आपतकालिन क्षणमा पनि स्प्यारोले एसएमएस मार्फत तुरुन्तै सूचनाप्रदान गरी उद्धार र राहत लगायतका कार्यमा योगदान पुर्याएको थियो । 

कम्पनीले केहि महिना अघि मात्रै यातायात व्यवस्था विभागसँग सहकार्य गरी सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएस बाटै हेर्न सकिने सेवाको सुरुवात गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *