पर्यटनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गर्ने सरकारको तयारी

 

चैत ४, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेश भट्टराई नियुक्त हुने भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त भएको पदमा योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी भइरहेको जानकारी गराएका हुन् । 

null

स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट फर्किए लगतै नेता भट्टराईलाई पर्यटनमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।  

नेकपा नेता तथा सांसद भट्टराईलाई नियुक्त गर्नका लागि सबै प्रकृया पुरा भइसकेको बताइएको छ । मन्त्रिमण्डल हेरफेर हुने चर्चा चले पनि प्रधानमन्त्री ओलीले मन्त्री नफेरिने बताउँदै आएका छन् । आइतबार विराटनगरमा ओलीले मन्त्रिमण्डल फेरबदल नभइ पूर्णता दिने बताएका छन् । 

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर फागुन १५ गते संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका छन्। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *