महिलाका अधिकार कार्यान्वयन गरिनुपर्दछः सभामुख अधिकारी

 

फागुन २४, कास्की । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले लैङ्गिक, वर्गीय र जातीयलगायतका शोषण, उत्पीडन र विभेदको अन्त्य नगरेसम्म समृद्ध नेपालको स्थापना नहुने हुँदा सबैमा समानता कायम गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताएका छन् । 

प्रदेशसभा सचिवालयको आयोजनामा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज प्रदेशसभा सचिवालय भवनमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘संविधानले महिलालाई सम्पूर्ण अधिकार प्रदान गरेको छ । यसमा कुनै कमी छैन, अबको खाँचो कार्यान्वयन गर्नु मात्र हो ।’ 

null

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले महिला अधिकार सुनिश्चितता र त्यसको कार्यान्वयनमा तीनै तहका सरकारबाट एकीकृत पहलको खाँचो औँल्याए । उपसभामुख सिर्जना शर्माले महिलालाई उपाध्यक्ष, उपसभामुख जस्ता पदमा मात्र सीमित गर्न नहुनेमा जोड दिए । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, सार्वजनिक लेखा समितिका सभापतिकुमार खड्का, प्रदेशसभा सदस्य आशा कोइराला, प्रभा कोइराला, सरिता गुरुङलगायतले संविधानले निर्दिष्ट गरेका अधिकारको कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + one =