आयआर्जन बढाउन निकुञ्ज सिमानाका महिलाहरुलाई सिलाई कटाई तालिम

 

चैत १० चितवन । चितवन राष्ट्रिय निकुञ्ज सिमानामा वस्तीहरुमा रहेका महिलाहरुको आयआर्जन वृद्धि गर्ने उदेश्यका साथ सिलाई कटाई तालिम सुरु गरिएको छ । बुढीराप्ती उपभोक्ता समिति र कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको सयुक्त आयोजनामा ६ महिने तालिम आईतवारदेखी सुरु भएको हो । 

संरक्षणलाई जोडेर स्थानीयको आयआर्जन वृद्धी गराउने उदेश्यले महिलाहरुका लागि तालिम सुरु गरिएको बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमल्सीनाले जानकारी दिए । तालिमको एक कार्यक्रमका बीच चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत ऋषि रानाभाटले उद्घाटन गरे । सो अवसरमा पूर्वी सेक्टर प्रमुख रानाभाटले मानव र वन्यजन्तु द्धन्द्ध न्युनिकरणका लागि यो तालिम प्रभावकारी हुने बताए । 

null

निकुञ्ज सिमानामा मानिसहरु वनमा आश्रित हुने पर्ने अवस्था छ रानाभाटले भने – वन र वन्यजन्तुको संरक्षण गरी आयआर्जन वढाउन यस्ता तालिमले महत्व खेल्छ । तालिम उपभोक्ता समिति अध्यक्ष रेवती उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एनटिएनसीका प्रमुख रामकुमार अर्याल,खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सीना,कुमरोज मध्यवर्ती वनका अध्यक्ष हिरावहादुर गुरुङ, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान उपसमिति अध्यक्ष इश्वरी पाठक लगायतले मन्तव्य राखेका थिए । यस क्षेत्रका ४५ जना महिलाहरु सहभागी तालिममा विशुराम चौधरीले प्रशिक्षण दिनेछन् । 

यसअघि वुढी राप्ती उपभोक्ता समिति र कुमरोज वनले यस क्षेत्रका युवाहरुलाई नेचर गाईड तालिम दिई सकेको छ भने ड्राईभिङ तालिम चलिरहेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान उपसमिति अध्यक्ष पाठकले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *