‘सरकार मन परेन भन्दिनुस्, त्यो हक छ तर ज्ञानेन्द्रसँग तुलना नगर्नुहोला’

 

चैत १७, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्न आग्रह गरेका छन् । 

रिपोर्टस क्लबको २१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा यो सरकार नागरिक स्वतन्त्रताको लागि लडेको स्मरण गराउँदै ज्ञानेन्द्रसँग तुलना नगर्न आग्रह गरेका हुन् । 

null

‘ज्ञानेन्द्रको पृष्ठभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्ठभूमि, निष्ठा, लक्ष्य, उद्देश्य सबै फरक छ । कसैले जनताको अधिकार खोस्यो, कसैले जनताको अधिकारको निम्ति सँगसँगै लडेर आएको छ । हामी सधैँ जनताको हक अधिकारका लागि लड्दै आएका छौँ ’, मन्त्री बाँस्कोटाले भने, ‘त्यसैले यो सरकार मन परेन भन्नुस्, तर ज्ञानेन्द्रसँग तुलना नगर्नुस् ।’ 

मन्त्री बाँस्कोटाले सरकारलाई आलोचना गर्नुभन्दा पहिले सरकारका नीति कार्यक्रमहरु पढ्न पनि सबैमा आग्रह गर्दै भने, ‘सधैँ यो कुरा किन उठाउनु हुन्छ मलाई अचम्म लाग्छ । उठाउनै छ, नगरी भएको छैन भने कृपया पढिदिनुस्। सरकारले ल्याएका सबै निती कार्यक्रमहरु पढिदिनुस् । योजनाहरु हेरिदिनुस् । हेरेरै छलफल गरौँ न । जे पेश गरिएको छ, त्यस आधारमा जाऊँ ।’ 

उनले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पार्दै प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने दाबी गरे । ‘जुन पार्टीले आफ्नो घोषणा पत्रको पहिलो अक्षरमा सम्पूर्ण नागरिक स्वतन्त्रताको निम्ति एकताबद्ध हौँ भनेर पर्चा निकाल्यो । त्यो पार्टीलाई स्वतन्त्रतामाथि प्रश्न उठाउने ? गजब लाग्छ । हुँदै नभएको कुरालाई ल्याएर सरकारमाथि आरोप नथुपार्नुस् ’, मन्त्री बाँस्कोटाले भने । 

उनले अध्यक्ष पुष्पकमल दाहालको भ्रमण प्रसंग निकाल्दै स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गरे । 

‘अस्ति भर्खरै पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाँदा के–के सम्म छाप्नुभयो । त्यो समाचार हेर्दा आफैँलाई लाज लाग्दैन अहिले उहाँलाई ? के लेखियो भनेर ? आफ्नो धोती खुस्केको थाहै छैन । सरकारमाथि ख्याउँख्याउँ ! अचम्म लाग्छ बा ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *