भाेलिदेखि अन्तर्राष्ट्रिय वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलन सुरू
फाुगन १६, काठमाडौँ । नेपाल महर्षि वैदिक फाउण्डेशनको आयोजनामा फागुन १७ गतेदेखि फागुन २९ गतेसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलनको तयारी पूरा भएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले महासम्मेलनको तयारी पूरा भएको जानकारी गराएको हो । फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले उक्त महासम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिए ।
null
उनकाअनुसार महासेम्मलन काठमाडौंको प्रज्ञा भवनमा हुने भएको छ । उक्त महासम्मेलनको समापन भने अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले गर्ने आयोजक संस्थाले जनाएको छ ।
पूर्व गृहराज्यमन्त्रीसमेत रहेका अध्यक्ष बाँस्कोटाले यो विद्यामा लागेर धेरै देशहरूले प्रगति गरिसकेको सुनाए । उनले भने, ‘म त राजनीतिलाई बुझेर वैदिक संगठनमा लागेको हुँ । देशमा दिगो शान्ति र प्रगतिको लागि यो महासम्मेलन फलदायी हुनेछ ।’ बाँस्कोटाले वैदिक विज्ञान पनि ‘वायरलेश–नेटवर्क’ भएको तर्क गरे ।
पत्रकार सम्मेलनमा बोल्दै महासम्मेलन आयोजनाका अन्तर्राष्ट्रिय निर्देशक डा. किङ्स्ले ब्रुक्सले महासम्मेलनमा प्रमुख वक्ताको रुपमा सहभागी हुनेहरुले महर्षि वैदिक दर्शनको बारेमा गहिरो अध्ययन गरेको जानकारी गराए ।
उनले भने, ‘वेदले हाम्रो जीवनमा के महत्व राखेको छ भन्ने कुरा यो महासम्मेलनबाट झन प्रकाश हुनेछ ।’ आयुर्वेदको पूरानो शैलीलाई पनर्विचार गर्नुपर्नेमा उनका जोड थियो ।
उक्त महासम्मेलनले आफ्नो क्षमतालाई वैदिक ध्यानको माध्यमबाट पूनरुत्थान गर्न सहयोग पुर्याउने पनि उनको विश्वास थियो । उनले भने, ‘अहिलेको शैक्षिक प्रणालीलाई परिवर्तनको ल्याउनको लागि पनि यो महासम्मेलन फलदायी हुनेछ ।’ उनका अनुसार यो महासम्मेलनलाई जापानका पूर्व प्रधानमन्त्री योकिओ हातोयामा, पि.एच.डी.ले पनि भिडियो कन्फेरेन्समार्फत सहभागिता जनाउने छन् ।