एएफसी यू–२३ च्याम्पियनसिप छनोट: नेपाल कतारसँग पराजित

काठमाडौं, ११ चैत्र । नेपाल एएफसी यू–२३ छनोट प्रतियोगिता अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपाल पराजित भएको छ । आयोजक कतारसँग नेपाल पराजित भएको हो । पहिलो हाफमा एक मात्र गोल खाएको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको थियो । 

खेलको २५ औं मिनेटमा नेपालका डिफेन्डर अनन्त तामाङले हसन अहमद पलङलाई डी–बक्सभित्र फल गरेपछि कतारले पेनाल्टी पाएको थियो । जुन पेनाल्टीलाई अब्दुल्लाह अलाहरकले गोल गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको कतारले ५३ औं मिनेटमा अग्रता दोब्बर बनायो । 

बसम अल रवीले करिव ३५ यार्ड टाढाबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो । ६० औं मिनेटमा नेपालले तेस्रो गोल खायो । खलिफा सादले हानेको बल रोक्ने क्रममा डिफेन्डर दिनेश राजवंशीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । 

null

 

खेलको ७९ औं मिनेटमा बासम अल रवीले ब्यक्तिगत दोस्रो गोल गर्दा कतारले चार गोलको अग्रता लियो । यसपटक उनले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरे । इन्ज्युरी समयमा गोलकिपरको गल्तीका कारण नेपालले अर्को गोल खायो । 

अहमेद अल्बाखितले हानेको लामो प्रहार गोलकिपर अर्पन कार्कीले हातबाट फुस्काउँदा नेपालले ५–० को पराजय ब्यहोर्‍यो । जित्नै पर्ने खेलमा हार ब्यहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । 

अब नेपालले अन्तिम खेलमा आफगानिस्तानविरुद्ध उत्रिनेछ । अफगानिस्तान पनि लगातार दुई हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । अफगानिस्तान पहिलो खेलमा कतारसँग २–० ले पराजित भएको थियो भने आइतबार भएको खेलमा ओमानसँग २–१ ले पराजित भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *