दुई दिनका लागि पूर्व जाँदै प्रधानमन्त्री

 

चैत १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन दुई दिनका लागि आज पूर्व जाँदैछन् । 

प्रधानमन्त्री ओलीले आज दिउँसो १२ बजे मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेज र प्रतिष्ठानको साधारण सभाको उद्घाटन गर्नुका साथै प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण गर्ने कार्यक्रम छ । 

null

प्रतिष्ठानको कार्यक्रमपछि प्रम ओलीले अपराह्न ३ बजे गृहजिल्ला झापाको दमक नगरपालिका परिसरमा आयोजना हुने प्रदेश नम्बर १ स्तरीय साहित्यिक र प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी रंगशाला सम्बन्धी सरोकारवालासँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री ओलीले गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्नेछन्। 

सोमबार बिहान पनि प्रम ओली उद्घाटन र छलफलमा व्यस्त हुनेछन् । सोमबार बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ । त्यसपछि उनी दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । 

सोही दिन दिउँसो १२ बजे भारतीय राजदूतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिकास्थित स्कुलचौन माविको भवन उद्घाटन र हस्तान्तरण कार्यक्रम सकाएर प्रधानमन्त्री ओली भद्रपुरबाट काठमाडौं फर्कने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *