पूर्वराजाको मधेस यात्राः यहाँदेखि सुरु हुनेछ भ्रमण

 

फागुन २७, काठमाडौँ । पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह बिरामी भएपछि काठमाडौँ आएका पूर्व राजा ज्ञानेन्द्र शाह पुनः मधेस भ्रमणमा फर्किएका छन् । 

सोमबार पूर्वराजाका प्रेस संयोजक फणि पाठकले पूर्व राजा ज्ञानेन्द्र शाहको मधेस भ्रमण तालिका सार्वजनिक गर्दै पुनः मधेस भ्रमण फर्किएको जानकारी गराएका हुन् । 

null

उनले सार्वजनिक गरेको विज्ञप्ति अनुसार पूर्वराजाको मधेस भ्रमण फागुन २९ देखि जनकपुरबाट सुरु हुनेछ । भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर र सप्तरी जिल्लासम्म पुग्नेछन् । 

पूर्वराजा शाहले फागुन ३० गते सर्लाहीको मलङ्गवा पुगि त्यहाँको मन्दिरमा पूजापाठ गर्नेछन् भने चैत १ गते जनकपुर नै फर्केर जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । 

यस्तै चैत २ गते उनी उदयपुरको गाइघाट पुगि त्यहाँको राधाकृष्ण मन्दिरमा पुजापाठ गर्नेछन् भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ । 

यसअघि गत फागुन २२ गते हुने भनिएको उनको मधेस भ्रमण आमा रत्नको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको थियो । रुघा, खोकी लगायतका कारण अस्वस्थ ९१ बर्षीय पूर्व बडामहारानीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *