भारतलाई हराएर नेपाली महिला फुटबलरले चुम्लान् ‘साफ वुमन्स च्याम्पियनसिप’ को उपाधि ?

 

                                   नेपाल र भारतका कप्तानः क्रमश निरु थापा (दायाँ) र असलता देवी 

चैत ८, विराटनगर । विराटनगरमा जारी पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको आज हुने फाइनल खेलमा उपाधिका लागि नेपाल र भारत भिड्दै छन् । शुक्रबार हुने प्रतिस्पर्धामा नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरिरहेका छन् । 

null

प्रशिक्षकहरुले पनि आफ्नो टोलीले जित्ने दाबी गरेका छन् । घरेलु मैदानमा खेल आयोजना भएकाले प्रतियोगिताको उपाधि जित्ने नेपाली टोलीका प्रशिक्षक हरि खड्काको दाबी रहेको छ भने भारतीय प्रशिक्षक मयेमल रक्कीले नेपाल बलियो टिम भएकाले सोहीअनुरुप रणनीति तयार गर्ने भन्दै नयाँ स्थान र परिवेश रहे पनि प्रतियोगिताको विजेता भारत हुने बताएका छन् । खेल आज दिउँसो ३ बजे सुरु हुनेछ । 

समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो । 

भारतले यसअघि भएका साफ महिला च्याम्पियनसिका चारवटै संस्करणको उपाधि जितेको छ । त्यसबाहेक सुरुका तीनवटै संस्करणमा नेपाललाई फाइनलमा पराजित गर्दै भारतले उपाधि हात पारेको थियो । दुई वर्षअघि भएको चौँथो संस्करणमा भने भारतले नेपाललाई सेमिफाइनलमा नै रोकेको थियो । 

तर, पछिल्ला दुई खेलमा भने नेपालले भारतलाई कडा चुनौती दिएको थियो । २०१८ को नोभेम्बरमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणको खेलमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो भने फागुन पहिलो साता भारतमा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो। 

पछिल्ला दुई प्रतियोगितामा भारतविरुद्ध गतिलो फुटबल खेलेकै कारण नेपालले उपाधि जित्ने विश्वास लिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *