प्रदेश १ संसदमा उठेको रेड लाइट यरिया बारे महिला सांसदको आपत्ति

विराटनगर, १५ चैत । प्रदेश १ को संसद बैठकमा यौन व्यवसायलाई वैधता दिने बारे कुरा उठाइको भन्दै महिला सांसदले आपत्ति जनाएका छन् । नेपालमा पर्यटन विकासका लागि महिलालाई यौन व्यवसायमा लगाउनु पर्छ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै १ नम्बर प्रदेशसभाकी सांसद इन्दिरा राईले आपत्ति जनाएकी हुन् । 

प्रदेशसभामा प्रस्तुत प्रदेशको पर्यटन विकासका सम्बन्धमा बनेको विधेयकको विषयमा बुधबारको छलफलमा सहभागी हुँदै इलामका प्रदेशसांसद राम राना मगरले रेडलाइट एरिया छुट्याउनु पर्ने आशयको अभिव्यक्ति दिएका थिए । 

उक्त अभिव्यक्तिको विरोध गर्दै सांसद राईले संस्कार अनुसार महिलालाई सरस्वती मानेको र त्यसखालका यौन व्यवसायमा लगाउने गरी आएको अभिव्यक्तिप्रति आफ्नो आपत्ति रहेको बताइन् । 

null

 

उक्त विषयको कडा प्रतिवाद गर्दै सांसद राईले यसले महिला अस्मिताको खिल्लि उडाउने काम भएको तर्क गरिन् । उनले ‘नारीलाई देवतासँग तुलना गरिन्छ, तर, हिजो बोल्ने मान्यज्यूले रेड लाइट एरियाको कुरा उठाएर अशोभनिय अभिव्यक्ति दिनुभएको छ ।’ राईले नारी अस्तित्वमाथि प्रहार भएको समेत बताइन् । 

उनले यस्तो आपत्तिजनक अभिव्यक्ति नदिन समेत आग्रह गरिन् । बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले कसै न कसैले यो विषय उठाउने भन्दै पर्यटन विद्येयका यस्ता कुरा आउनुपर्ने बताए । 

प्रदेशसभाको बिहीबार बसेको बैठकमा आयोजित विधेयकमाथिको छफलमा सहभागी हुँदै सांसद शान्ता पौडेलले पर्यटनको विकासमा कानून बनाउनु मात्रै ठूला कुरा नभएको भन्दै कार्यान्वयनमा जोड दिइन । 

यस्तै सांसद शिवनारायण गनगाईले नेपालमा धार्मिक पर्यटक भित्र्याउने गुरुयोजना निर्माण गर्नुपर्नेमा जोड दिए । छलफलमा सहभागी हुँदै सांसद शेखरचन्द्र थापाले पर्यटनसम्बन्धी विधेयक नियमनकारी जस्तो देखिएपनि प्रबद्र्धनकारी नभएको र लगानी भित्र्याउने खालको नभएको बताए । 

उनले अन्यत्र विकसित मुलुकहरुमा पर्यटनमा गरेको विकासको अध्ययन गर्ने र आधार खडा गर्ने हिसावले विधेयक परिमार्जन गर्नुपर्नेमा जोड दिए । संसद् बैठक शुक्रबार १ बजेका लागि बोलाईको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *