वैशाखदेखि पाइपलाइनबाट पेट्रोल आयत हुने
२०७५ चैत ८ गते

बारा, ८ चैत्र । बहुप्रतीक्षित मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो सातादेखि इन्धन आपूर्ति गरिने भएको छ । पाइप बिछ्याउने काम अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल ल्याउन सकिने स्थिति बनेको हो ।
निकुञ्जको नौ किलोमिटर क्षेत्रको रुख कटान गरी पाइपलाइन बिछ्याउने काम सुरु भइसकेको र वैशाख पहिलो हप्ता निर्माण सम्पन्न हुने आयोजनाका अधिकारीहरुले बताएका छन् ।
null
आयोजना प्रमुख प्रदिप यादव भन्छन्, ‘पाइपलाइनको ८० प्रतिशत काम सकिएको छ । बाँकी रहेको पाइप बिछ्याउने कार्य एक महिनाभित्रमा पूरा हुन्छ ।’ यो समाचार उपेन्द्र यादवले नागरिकमा लेखेका छन् ।
२०७५ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित








