आईपीएल: चेन्नईसँग दिल्ली पराजित, सन्दीप मैदान उत्रनै पाएनन्

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको दोस्रो खेलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स ६ विकेटले पराजित भएको छ । दिल्लीलाई चेन्नई सुपर किंग्सले दुई बल बाँकी रहँदा ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले १९।४ ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाउन सफल भएको हो ।
चेन्नईको जितमा ओपनर ब्याट्सम्यान शेन वाट्सनले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २६ बलमा ३ छक्का र ४ चौकासहित ४४ रन बनाएका थिए । त्यसैगरी महेन्द्र सिंह धोनीले ३५ बलमा १ छक्का र २ चौकाको मद्दतमा ३२ रनमा नटआउट रहे । त्यस्तै, सुरेश रैनाले १६ बलमा १ छक्का र चार चौकासहित ३० रन जोडे । भने, केदार जादवले ३४ बलमा २ चौकासहित २७ जोडेका थिए । सुरुवातमै अम्बाती रायडू ५ रन बनाएर फर्किएका थिए । दिल्लीका लागि अमित मिश्रले दुई र इशान्त शर्मा, कगिसो राब्दाले समान एक एक विकेट लिए ।
null
सुरुवाती ब्याटिङ गरेको दिल्लीका लागि ओपनर शिखर धवनले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । उनले ४७ बलमा ७ चौकाको सहयोगमा ५१ रन बनाएका थिए । त्यस्तै ऋषभ पन्त २५ रन बनाउँदा पृथ्वी शाले २४ रन बनाउन सफल भए । दिल्लीका लागि कप्तान श्रेयस ऐर १८ रनको योगदान गर्दा राहुत तेवतियाले ११ रन जोडे ।
बलिङतर्फ चेन्नईका ड्बेन ब्राभोले ३ विकेट लिए । त्यस्तै दिपक चाहर, रविन्द्र जडेजा र इमरान ताहिरको नाममा समान एक एक विकेट रह्यो । दिल्लीमा आबद्ध नेपाली लेगस्पिनर सन्दीपले दोस्रो खेलमा समेत टोलीमा स्थान बनाउन सकेनन् ।








