आइपीएल: सन्दीपले पाए मौका, दिल्लीले कोलकातालाई सुपर ओभरमा हरायो

काठमाडौं, १७ चैत्र । सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आइपीएलको तेस्रो प्रतिस्पर्धामा कोलकाता नाइट राइडर्सविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित हात पारेको छ । १८५ को लक्ष्य पछ्याउने क्रममा दिल्लीले आफ्ना दुई विकेट अन्तिम ओभरको अन्तिम दुई बलमा गुमाएसँगै खेल सुपर ओभरमा पुगेको थियो । 

 

सुपर ओभरको एक ओभरमा दिल्लीले एक विकेट गुमाउँदै १० रनमात्र जोडन सफल भयो । तर, प्रति उत्तरमा कोलकाता एक विकेटको क्षतिमा ७ रनमै सिमित भयो । दिल्लीको जितमा सुपर ओभरका बलर कगिसो राबाडाले शानदार बलिङ गरे । 

null

यसअघि कोलकाताले आद्रे रसेलको विस्फोटक ६२ र कप्तान दिनेश कार्तिकको अर्धशतकको मद्दतले ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । जवाफी ब्याटिङमा दिल्लीका लागि पृथ्वी शाले सर्वाधिक ९९ रनको योगदान दिए । कप्तान श्रेयश ऐय्यरले ४३ रन बनाए । 

आफ्नो पहिलो खेलमा शानदार प्रदर्शन गर्दै सन्दीपले चार ओभरमा २९ रनको किफायती बलिङ गर्दै एक विकेट लिए । सन्दीपले पूरै खेल अवधीमा सर्वाधिक किफायती बलिङ प्रदर्शन गरे । जितको नजिक पुगेको दिल्लीले अन्तिमको १५ रनमा ७ विकेट गुमाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *