यस्ता छन् आजका पत्रपत्रिकामा मुख्य समाचार

काठमाडौं, २९ फागुन । विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध आजका सबै दैनिक पत्रिकाहरुको हेडलाइन बनेको छ । त्यस्तै, मन्त्रिमण्डल पुनर्गठन, मानवतस्करीलगायत विषयलाई पनि पत्रिकाहरुले उठाएका छन् । कान्तिपुर, अन्नपूर्ण, नागरिक, राजधानीलगायत सबै दैनिक पत्रिकाले लगभग उस्तै हेडलाइन दिएर विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धबारे जानकारीमूलक समाचार लेखेको छन् । 

‘चन्दका गतिविधि प्रतिबन्धित’ शीर्षक समाचारमा कान्तिपुरले लेखेको छ– पछिल्लो समय विस्फोट, आगजनी र चन्दा अुसली तीव्र बनाएपछि सरकारले यो समूहलाई हिंसात्मक गतिविधि गर्ने आपराधिक समूहका रुपमा लिएको हो । एक मन्त्रीको भनाइ उद्धृत गर्दै कान्तिपुरले विप्लव समूहको गतिविधिमा अब प्रहरीले विशेष निगरानी र कारबाही अघि बढाउने लेखेको छ । 

 

null

अन्नपूर्णले विप्लव समूहका नेता चिरन पुनको प्रतिक्रिया लिएको छ । पुनले दलको गतिविधिलाई प्रतिबन्ध लगाउनु सरकारको तानाशाही प्रवृत्ति भएको टिप्पणी गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको कालोसूची सार्वजनिक गर्न हच्किएको अन्नपूर्णले लेखेको छ । सूची सार्वजनिक नगर्न आयोगमा बाह्य दबाव परेपछि आयोग हच्किएको हो । अन्नपूर्णका अनुसार, सूची सार्वजनिक गर्ने विषयमा बारम्बार बैठक बसे पनि पदाधिकारीबीच सहमति जुट्न नसक्दा एक वर्षदेखिको प्रयास व्यर्थ बनेको छ । 

 

नागरिकले सम्पादकीयमार्फत हिंसा त्यागेर वार्तामाफृत समाधान खोज्न अपिल गरेको छ । नागरिक लेख्छ– दस वर्षको जनयुद्धका कारणले राजनीतिक तथा सामाजिक क्षेत्रमा परिवर्तन आए पनि आर्थिक अवस्थामा मुलुक धेरै पछि धकेलिएको छ । मुलुकको हित चाहने कुनै पनि राजनीतिक शक्तिले फेरि अर्को हिंसात्मक द्वन्द्वमा जाने विचार गर्नु उचित होइन । र, यो अवस्थामा सरकारले पनि सुझबुझपूर्ण ढंगले वार्तामार्फत समस्याको समाधान खोज्ने प्रयास गर्नुपर्छ ।’ 

 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =