साफ महिला च्याम्पियनसिप: नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै
विराटनगर, ६ चैत । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । विराटनगरको शहिद रंगशालामा विहान ११ बजे हुने खेलमा नेपाल स्पष्ट जित हात पार्दै फाइनलमा पुग्ले लक्ष्यमा रहेको छ । श्रीलंकाभन्दा बलियो टिमको रुपमा परिचित नेपाल उपाधिको दाबेदार हो ।
नेपाल प्रतियोगिताकै बलियो टिमको रुपमा गनिएको छ । नेपालले समूह ‘ए’ को विजेता बन्दा कुनै पनि गोल खाएको छैन । उदघाटन खेलमा भुटानमाथि ३(० को जीत निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई ३-० गोलले नै पराजित गर्दै समूह विजेता बनेको थियो ।
null
तर श्रीलंकाले भने आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २-० गोलअन्तरले पराजित गरेपनि समूह चरणको अन्तिम खेलमा भारतसँग ५-० गोलअन्तरले पराजित भएको थियो ।
श्रीलंकाले नेपालविरुद्ध रक्षात्मक खेल खेल्ने छ । विशेषगरी सावित्रा भण्डारी र निरु थापा उनीहरुको लागि टाउको दुखाई बनेका छन् । यता, प्रशिक्षक हरि खड्का भने नेपालको हतियार नै सावित्रा र निरु भएको बताउँछन् ।
यस्तै, अर्को सेमिफाइनल आजै भारत र बंगलादेशबीच दिउँसो तीन बजे खेल हुँनेछ ।