आज काठमाडौंसहित पहाडी क्षेत्रमा हाेली मनाइँदै

काठमाडौं, ६ चैत । आज बुधबार हिमाली र पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको छ । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा लिइन्छ । 

 

बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ । शुल्क पूर्णिमाभन्दा एक साता अगाडि काठमाडौंको बसन्तपुरमा चीर ठड्याएपछि होली सुरु भएको मानिन्छ । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर होली पूर्णिमाको भोलिपल्ट जलाइन्छ । 

null

होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिएको बताइन्छ । 

होलीको अवसरमा विभिन्न संघसंस्थाले होली विशेष कार्यक्रम आयोजना गरेका छन् । होलीलाई मर्यादित र सभ्य बनाउन प्रहरी सक्रिय छ । विगतका वर्षजस्तो यस वर्ष होली पूर्णिमाको एक साता अगाडि देखि नै सडकमा हिँड्नेहरुलाई लोला हान्ने क्रम रोकिएको छ । 

दुर्घटनारहित होली बनाउने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका ७७ स्थानमा जाँचको व्यवस्थासमेत मिलाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *