नेपाल कुवेतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पराजित

काठमाडौं, १२ चैत्र । नेपाल कुवेतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । दुई खेल खेल्न कुवेत गएको नेपालले पहिलो खेल गोलरहित बराबरीमा सकाएको थियो । 

 

कुवेतलाई जित दिलाउनका लागि युसुफ नासरको गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले डिबक्सभित्र विपक्षी खेलाडीलाई फल गरेपछि कुवेतले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई नासरले गोलमा परिणत गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । 

null

खेलमा नेपाल कुवेतसँग दबाबमा देखिएको थियो । नेपाली टिमको सेटअपदेखि फिटनेससम्म कमजोर थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *