सरकारको चालाः लगानी सम्मेलन गर्न सक्ने बजेट खर्च गर्न नसक्नेः नेता सिंह

चैत्र १६, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बर्तमान सरकार लगानी सम्मेलन गरेर बस्ने तर, विकास बजेट खर्च गर्न नसक्ने बताएका छन् । 

नेपाली कांग्रेस टोखा नगरपालिका–११ ले आज आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै नेता सिंहले विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्नु राम्रो कुरा भए पनि विकास बजेट खर्च गर्न नसक्नु दुःखद भएको बताएका हुन । 

 

null

‘विदेशी लगानी ल्याउनु नराम्रो कुरा हैन तर, सरकारले विकासका लागि छुट्याएकै बजेट नै खर्च गर्न सकिरहेको छैन ।’ उनले भने–‘सरकारले गरेका कामलाई कसरी विस्वास गर्ने ?’ 

नेता सिंहले स्थानीय तथा प्रदेश सरकार सञ्चालनका लागि चाहिने आवश्यक ऐन, कानून, नीतिनियम बनाउन ढिला गरेर सरकार असक्षम भएकोे आरोप लगाए । ‘दुई तिहाइको स्थिर सरकार सरकार असफल भएको छ । स्थानीय र प्रदेश सरकार सञ्चालनको ऐन, कानुन अहिले सम्म बनाउन सकेन ।’ सिंहले भने । 

नेपाली कांग्रेस भित्र देखिएको विवादका विषयमा बोल्दै नेता सिंहले विधि र पद्दतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताए ।‘मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले आर्थिक विकासको नेतृत्व गर्न सकेन ।’ उनले भने । पार्टी पूर्वमहामन्त्री सिंहले महाधिवेशन भएको तीन वर्षसम्म पनि पार्टीका विभिन्न विभाग गठन हुन नसक्दा पार्टी झन कमजोर भएकोे जिकिर गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *