चितवनमा पहिलोपटक अन्तर्राष्ट्रिय गणित दिवस मनाइदै 

 

फागुन २६, चितवन। चितवनमा पहिलो पटक गणित शिक्षा परिषद् र गणित समाज चितवनको संयुक्त आयोजनामा फागुन ३० गते पहिलो अन्तर्राष्ट्रिय गणित दिवस मनाइने भएको छ । 

पाई दिवस भनेर पनि विदेशमा मनाइने गरेको यो दिवस पाईको मान ३.१४ को आधारमा अंग्रेजी ३ महिनाको १४ तारिखमा मनाउन लागिएको गणित शिक्षा परिषद् चितवनका उपाध्यक्ष वसन्त लामिछानेले बताए । 

null

गणित विषयका प्राध्यापक डा. प्रकाश वज्राचार्य प्रमुख अतिथि रहने सो, कार्यक्रममा सात वटा कार्यपत्र माथि छलफल र बहस हुने उपाध्यक्ष लामिछानेले बताए । कार्यक्रममा गणित विषयका प्राध्यापकहरु प्रकाशमुनि वज्राचार्य, वसन्त लामिछाने, प्रेमसागर भण्डारी, गेहेन्द्र विष्ट, रमेश खनाल, दयाराम पौडेल र कृष्ण अर्यालले कार्यपत्र प्रस्तुत गर्ने योजना रहेको छ । 

गणित विषय शिक्षणमा देखिएका समस्याहरु समाधान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब १०० जना गणित विषयका प्राध्यापकहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *