यस्तो छ राष्ट्रिय गौरवका सात आयोजनाको प्रगति विवरण

 

चैत ४, काठमाडौँ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण सार्वजनिक गरिएको छ । उर्जामन्त्री वर्षमान पुनले सार्वजनिक गरेको प्रगति अनुसार हालसम्मकै ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। 

४५६ मेगावाटको विद्युत आयोजना आगामी वर्षभित्रमा सम्पन्न हुने उर्जा मन्त्रालयले जनाएको छ । यस आयोजनाको भौतिक प्रगति ९७ दशमलव ९ प्रतिशत पूरा भएको छ । आगामी आर्थिक वर्ष २०७६–०७७ सम्ममा पूरा हुने गरी काम भइरहेको मन्त्रालयले जानएको छ । 

null

बुढीगण्डकी जलविद्युत आयोजना (१२०० मे.वा.) 

यो आयोजनाको लागि २०७४ चैत्रदेखि हालसम्म ९ हजार ३४ जग्गा धनीहरुको २९ हजार ८ सय ३६ रोपनीका लागि १८ अर्ब ४३ करोड ३३ लाख मुआब्जा वितरण गरिएको छ । 

हालसम्म ११ हजार २७ जग्गाधनीहरुको ३८ हजार १ सय ९२ रोपनीका लागि २२ अर्ब ७८ करोड ३४ लाख मुआब्जा वितरण गरिएको छ । 

उक्त आयोजनाको आयोजना स्थलमा एक कार्यालय भवन तथा एक आवास भवन निर्माण भइरहेको छ भने गोरखा जिल्लातर्फ ६० किलोमिटर तथा धादिङ जिल्लातर्फ २५ किलोमिटर स्थलमार्गको सर्वेक्षण तथा रेखाङ्कन कार्य भइरहेको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । 

पश्चिम सेती जलविद्युत आयोजना (७५० मे.वा.) 

पश्चिम सेती जलविद्युत आयोजना विकासको लागि चाइना थ्रि गर्जेज इन्टरनेशनल कर्पोरेशनसँग कहिले सम्झौता गर्ने र कहिले सम्झौता रद्द गर्ने क्रमले लामो समय निरन्तरता पायो । अघिल्लो सरकारले थ्रि गर्जेजसँग उसम्झौता रद्द गरेपनि वर्तमान सरकारले फेरि त्यही कम्पनीलाई आयोजना जिम्मा दिने तयारी गरेको थियो। थ्रि गर्जेजले आयोजना बनाउन नचाहेपछि आयोजनाको विकास ढाँचा तय गरी आगामी बोर्ड बैठकमा पेश गर्न उर्जा जलश्रोत सिंचाई मन्त्री, अर्थमन्त्री र लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृत रहेको समिति गठन भएको छ। 

सिक्टा सिंचाई आयोजना 

बाँके जिल्लाको ४२ हजार ७ सय हेक्टर जमिनमा सिंचाई सेवा उपलब्ध गराउने उद्देश्यसहित निर्माणाधीन रहेको यस आयोजनाको पूर्वतर्फको ५३ कि.मि. नहर मध्ये ४५ कि.मि. नहर खण्डमा पर्ने रुख कटान कार्य सम्पन्न भएको छ भने पूर्वी मूल नहरको लागि डिसिल्टिङ्ग वेसिनको सिभिल निर्माण कार्य सम्पन्न भई मूल नहर निर्माण गर्ने कार्य १६ प्रतिशत सकिएको छ । 

पश्चिमी मूल नहर सञ्चालनमा देखिएको प्राविधिक तथा ठेक्का व्यवस्थापनको समस्या समाधानका लागि स्वतन्त्र विज्ञहरुको कमिटी गठन गर्ने निर्णय भई परिचालन गर्ने प्रक्रियामा रहेको यस आयोजनाको डुडुवा शाखामा समयमा प्रगति नगर्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिएको र सो अन्तर्गतको प्रशाखा नहर र सिंचित क्षेत्र बचावट कार्य अगाडि बढेको छ । 

यस्तै पश्चिम मूल नहरतर्फको सिधनिया शाखाको ८५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । साथै थप ४ वटा शाखा नहरहरुको ठेक्का व्यवस्थापन भई निर्माण कार्य भइरहेको छ । 

बबई सिंचाई आयोजना 

बर्दिया जिल्लाको ३६ हजार हेक्टरमा सिंचाई सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालित बबई सिंचाई आयोजना अन्तर्गत हालसम्म पश्चिमी प्रणाली तर्फ ५.१ कि.मि. मूल नहर निर्माण सम्पन्न भएको छ भने ३.१ कि.मि. नदी नियन्त्रणको कार्य भई २० हे. सिञ्चित क्षेत्रको बचावट भएको छ । 

ताराताल र सानोश्री मधुवन नगरपालिकामा जग्गा प्राप्ति सम्बन्धी समस्या समाधान गरी पश्चिमी मूल नहरको २८ कि.मि. सम्मको निर्माण कार्य सुचारु रुपले अगाडि बढाइएको मन्त्री पुनद्वारा सार्वजनिक गरिएको प्रगति विवरणमा उल्लेख छ । 

रानीजमरा कुलरिया सिंचाई आयोजना 

कैलाली जिल्ला स्थित रानी, जमरा, कुलरिया सिंचाइ प्रणालीहरुको आधुनिकीकरण सहित कूल ३८,३०० हेक्टर जमिनमा सिंचाई सेवा उपलब्ध गराउने उद्देश्यसहित निर्माणाधीन रानीजमरा कुलरिया सिंचाई आयोजना अन्तर्गत यस अवधिमा ५ वटा कार्यहरु सम्पन्न भएका छन् । 

रानी जमरा कुलरिया सिंचाई प्रणालीहरुको आधुनिकीकरण अन्तर्गत प्रथम चरणको फिडर नहर लाइनिङ्ग, नहर संरचना, सिञ्चित क्षेत्र बचावट तथा कृषि सडकको स्तरोन्नति कार्य सम्पन्न भएको छ । 

दोश्रो चरण अन्तर्गत सिञ्चित क्षेत्र विकास कार्यको लागि विश्व बैकसँग ६६ मिलियन डलरको ऋण सम्झौता भएको र सो को अध्ययन कार्य पूरा भई डिजाइन तथा लागत अनुमान तयार भएको जानकारी दिइएको छ । 

यस्तै लम्की मूलनहर विस्तारका लागि ६ किलोमिटर खण्डमा पर्ने रुख कटान कार्य सम्पन्न भई २२ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी खण्डको विस्तारको लागि आवश्यक जग्गा प्राप्त गर्न लगत सङ्कलन भई सूचना प्रकाशित भएको छ । 

आयोजनाको फिडर नहरबाट ४.५ मेगावाट विद्युत उत्पादनका लागि मेसिनरी उपकरणहरुको आपूर्ति सहित विद्युत गृहको निर्माण कार्य पनि भइरहेको छ । पथरैया नदीबाट सिञ्चित क्षेत्र बचावट कार्यको लागि खरिद प्रक्रिया शुरु भएको र पथरैयादेखि कान्द्रा खोलासम्म सिंचाई पु¥याउने उद्देश्यले विस्तृत अध्ययन भइरहेको पनि सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । 

भेरी–बबई डाइभर्सन बहु–उद्देश्यीय आयोजना 

बर्दिया र बाँके जिल्लाको ५१,००० हेक्टरमा वर्षैभरी सिंचाई सेवाका साथै ४६.८ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्य सहित नेपालमै पहिलो पटक टनेल वोरिङ्ग मेसिन ९त्द्यः० प्रयोग गरी शुरु भएको यसआयोजना अन्तर्गतका विभिन्न चरणका कार्यहरु सम्पन्न भइसकेका छन् । 

हालसम्म आयोजना अन्तर्गत ८.३५ कि.मि. शुरुङ्ग निर्माण भई कूल १२.२ कि.मि. मध्ये हालसम्म ११.३५ कि.मि. शुरुङ्ग निर्माणको कार्य सम्पन्न भएको छ भने डाइभर्सन हेडवर्कस्, पावर हाउस तथा एसेसरिज निर्माण कार्यको लागि निर्माण व्यावासायी छनौटको कार्य पनि भइरहेको छ । 

यस्तै भेरी कोरिडोर अन्तर्गत तीन स्थान (आपखोली बुलबले, घाटगाउ र चौले मस्टाडा) मा सोलारलिफ्ट सिंचाई आयोजनाहरुको निर्माण कार्य सम्पन्न भई १४० हेक्टरमा सिंचाई सुविधा उपलब्ध भएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =