श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपाल फाइनलमा

चैत्र ६, विराटनगर । साफ महिला च्याम्पियन्ससिप फुटवल प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।  

विराटनगरमा जारी प्रतियोगितामा नेपाललाई जित दिलाउने क्रममा नेपालका लागि सुरुवाती गोल खेलको ४१ औं मिनेटमा पुनम जर्घामगरले गोल गरेकी थिइन् । पहिलो हाफ गतिलो सुरुवात गर्न नसकेको नेपालले दोस्रो हाफमा खेल पुरै आफ्नो पकडमा राख्न सफल भयो ।  

 

null

दोस्राे हाफमा नेपालका लागि अनिता बस्नेतले खेलको ७३ औं मिनेटमा गोल गरिन् । त्यसको ९ मिनेटमा सावित्रा भण्डारीले उत्कृष्ठ गोल गर्दै नेपाललाई ३–० को स्थितिमा पुर्याइन । खेलमा ८६ औं मिनेटमा रेखा पौडेलले आफ्नो पहिलो अन्तराष्ट्रिय गोल गर्न सफल भइन् । र, नेपालले खेल ४–० ले जितेको छ ।  

श्रीलंकाको तर्फबाट कुनै गोल हुन सकेन ।  

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेश विच आजै हुनेछ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *