बुद्ध एयरले थप गर्याे एटीआर जहाज

 

चैत ५,  काठमाडौँ ।  निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२ औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुज स्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

थपिएको जहाज सहित बुद्धका १० एटीआर जहाज भएका छन् । सात एटीआर ७२–५००, तीन एटीआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० डी रहेको छ । नयाँ जहाजको रङ्गरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महीनादेखि उडान भर्ने कम्पनीका बजार निर्देशक रुपेश जोशीले बताए । 

null

थपिएको जहाजले नियमित मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने उनकाे भनाइ छ । जहाज थपिएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान वृद्धि गर्ने कम्पनीले जनाएको छ । यसअघि भारतको वनारसमा उडान भर्दै आएको बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकातामा पनि उडान भर्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *